प्रधानमन्त्री कोइराला आज स्वदेश फर्कदै


 संयुक्त राष्ट्र संघको ६९ औँ महासभामा भागलिन गएका प्रधानमन्त्री सुशील कोइराला आज स्वदेश फर्कने भएका छन् । गत असोज ३ गते न्यूयोर्क गएका कोइराला न्यूयोर्कबाट बेल्जियमको ब्रसेल्स हुँदै आज नेपाल आइ पुग्ने भएका हुन् ।

अमेरिका बसाइको क्रममा उनले आफ्नो स्वास्थ्य जाँच पनि गराएका थिए । महासभामा सम्बोधन गर्दै कोइरालाले संयुक्त राष्ट्र संघको पुनर्संरचना गर्नु पर्ने धारणा राखेका थिए । सो सम्मेलनको क्रममा कोइरालाले राष्ट्र संघका महासचिव वान कि मुन, अमेरिकाका राष्ट्रपति बाराक ओबामा लगायत धेरै देशका राष्ट्र प्रमुख र सरकार प्रमुखसँग पनि भेटवार्ता गरेका थिए ।

,

news and entertainment