एसियाडमा नेपालले पहिलो पदक जित्यो
नेपालले इन्चन एशियाडमा पहिलो पदक जितेको छ । कराँतेको महिला एकल कातामा विमला तामाङले सत्रौं एशियाडमा मुलुकलाई पहिलो पदक दिलाएकी हुन् ।
सेमिफाइनलमा भियतनामकी खेलाडी नाम गुयोनसंग पराजित भएपछि उनले काश्यपदक भिडन्त पक्का गरेकी थिइन् । सो स्पर्धामा उत्तर कोरियाली जुइ काङलाई ५–० ले पराजित गर्दै मुलुकलाई एशियाडबाट रित्तो हात घर फर्किनबाट जोगाएकी छन् ।