उमेर ढल्किए पनि हिरोइनहरुको सुन्दरता कायमै
गौरी मल्ल, करिश्मा मानन्धर, झरना थापा, मेलिना मानन्धर, उमेर ढल्किएका हिरोइनहरु हुन । अनि केकी अधिकारी, नन्दिता केसी सुष्मा कार्की, पूजा शर्मा नयाँ पुस्ताका ३० उमेर नकाटेका हिरोइन ।
माहोल फाईभ स्टार भित्रको थियो अनि कार्यक्रम सातौँ नेफ्टा अवार्डलाई चर्चित गहना ऋद्धि सिद्ध ब्राण्डले ईन्डोर्समेन्ट गर्ने । उच्चकोटीमा आयोजित उक्त कार्यक्रममा सिमित हिरोइनहरु उपस्थित थिए जहाँ एक अर्काप्रतिको सद्भाव साच्चिकै तारिफ देखिए योग्यो थियो ।
कार्यक्रममा महानायक राजेश हमाल अन्य बेला देखिने भन्दा भिन्न देखिएका थिए । आफ्नै विवाह माहोलमा जति ह्याण्डसम लुकमा थिए उनी त्यस पछि सार्वजनिक कार्यक्रममा राम्रो भएर हमाल आएको यहिनै पहिलो पटक थियो भन्दा फरक पर्दैन ।
गौरी मल्लले पनि आफूलाई योङ्ग देखाउन सके सम्म प्रयाश गर्ने गरेको देखिन्छ । करिश्माको फेसनको बारेमा कुरा गर्नु ईन्द्रका अगाडी स्वर्गको बयान जस्तो हो तर करिश्माको अगाडी सधै पति विनोद मानन्धर सामान्य पहिरनमा हुन्छन् र त्यस्तै भएर आएका थिए उनी । हुन त फेसन पैसामा तौलिने भन्दा पनि सोचमा भर पर्ने कुरा हो । तर यो सो विज हो, यहाँ देखिएकै कुराको चर्चा बढी हुन्छ र हामी पनि त्यहि गरिरहेका छौ ।
उमेर ३५को छेकोमा भएपनि मेलिना मानन्धर र झरना थापाको अनुहारको चमक साच्चिकै तारिफ योग्य देखिएको थियो । बरिष्ठ अभिनेत्री बसुन्धरा भुषाल ठूला पार्टीमा श्रीमानका साथ उपस्थित हुन्छिन जुन यात्रा हिजो पनि रह्यो ।
सधै गुड लुकिङ मुडमा देखिने हिरोइन नन्दिता केसीको फेसन यात्रामा कमि देखिएको छैन् । फेसनको मामलामा केकी अधिकारी रेखा थापा जस्तै हुन । किन कि काममा बढी ध्यान दिने केकीले पहिरनलाई बढी प्राथमिकता दिएको पाईदैन् । उनी सधै जसो सिम्पल लुकमा देखिन्छन् ।
नयाँ हिरोइन पूजा शर्माले अहिले देखिनै फेसनमा ध्यान दिईरहेको देखिन्छ । दुब्लाउदै गएको शरिर अनुसार सुष्माले पहिरनमा ध्यान दिन जरुरी देखिन्छ । कोरियोग्राफर रेनशा राई फेसन बुझेकी हिरोइन भन्दा कहिलै कम देख्दिनन् ।
रमेश उप्रेती नर्मल जिन्स र टिर्सटमा थिए । हिरो आर्यन सिग्देल पठानी लुकमा फरक शैलीमा उपस्थित थिए । निरज बराल डेढ लक लुकमा थिए ।
ठूलो ज्यान देखाउन सविन श्रेष्ठ प्राय टिर्सटमा देखिन्छन् अनि हिजो पनि त्यस्तै मुडमा थिए । निर्देशक आकाश अधिकारी जेन्टल लुकमा हरेक कार्यक्रममा देखिने अर्का सदाबहार ब्यक्ति हुन ।
निर्देशक सुर्दशन थापा हिरो भएर फिल्म खेल्न थालेपछि जुत्ता देखि लिएर सवै चिजमा उनको परिवर्तन देखिन थालेको छ । बरिष्ठ अभिनेता नीर शाह १२ महिना नै सुटमा देखिन्छन् ।
अभिनेता तथा अन्य फिल्म मेकरको हकमा कुरा गर्ने हो भने सधै हिरो जसरी देखिने निर्माता उद्धव पौडेल हिजोको कार्यक्रममा सामान्य देखिएका थिए । प्रदीप उदय थोरै निर्माताहरुको भिडमा ड्रेस अप सेन्स भएका निर्मातामा पर्दछन् ।
दीपकराज गिरीका अगाडी निर्मल शर्मा फेसनमा कमजोर देखिन्छन् जुन क्रिम हिजो पनि देखियो । आयोजक तर्फबाट मुख्य ब्यक्ति बनेका निर्माता सुनील कुमार थापा सधै झै ह्याण्डस अझ होस्ट भएपछि उनको फेसनमा चमकता बढी हुनु स्वभाविक थियो । कार्यक्रममा होस्ट बनेका निर्देशक दिनेश डिसीको ड्रेस प्राय हरेक कार्यक्रममा दोहोरिने गर्दछ र यो पार्टीमा पनि डिसी अघिल्ला कार्यक्रमहरुमा देखिएकै पहिरनमा थिए । । यध्यपी जेठी छोरीको उपस्थिती हुँदा मिडियाको आकर्षणमा चाहि थिए उनी ।
ऋद्धि सिद्धी नेफ्टा अवार्ड आउँदो कात्तिक १ गते हङकङमा हुँदैछ ।
