उद्धव पौडेलकी छोरी पनि फिल्म निर्देशनमा उत्रदै !
बरिष्ठ फिल्मकर्मी उद्धव पौडेलकी छोरी निकिताले पनि फिल्म निर्देशन गर्ने भएकी छिन् ।
सुत्रले दिएको जानकारी अनुसार गोपीकृष्ण मुभिजबाट बन्न लगेको केही प्रोजेक्ट मध्येको एक प्रोजेक्टलाई उनले पनि निर्देशन गर्न लागेकी हुन ।
फिल्म निर्देशनका लागि निकिताले स्क्रिप्ट लेखन र संगीत तयार गर्ने काम समेत सिध्याईसकेको बुझिएको छ । निकिताले आफ्नो फिल्मको संगीत तयार गर्ने काम अर्जुन पोखरेललाई दिएकी छिन् भने स्क्रिप्ट लेखनको जिम्मेवारी किरण माईकललाई ।
विगत केही बर्षदेखि फिल्म निर्माणमा सुस्ताएको गोपीकृष्ण मुभिजले तत्काल दुई प्रोजेक्ट निर्माण गर्न लागेको हो । जस मध्ये होमवर्क टाईटलको एक प्रोजेक्टलाई उद्धवका कान्छा छोरा निरकले निर्देशन गर्ने छन् भने अर्कोलाई निकिताले निर्देशन गर्न लागेकी हुन ।
पिता उद्धव पौडेलले फिल्म क्षेत्र बाट सन्यास घोषणा गरेपछि गोपीकृष्णटिभी ईन्टरटेन्मेन्ट अन्र्तगतका सवै कम्पनीको चेयरम्यान भएर निकिताले जिम्मेवारी सम्हालिरहेकी छिन् ।
