रणबीरको चक्करमा कट्रीनाले ‍औला जलाइन्!

एजेन्सी। तपाई यो सोचेर अचम्म पर्नु भएको होला कि रणबीर कपूरको चक्करमा कट्रीना केफले कसरी औला जलाइन् भनेर।
स्रोत अनुसार गत महिनाको २८ सेप्टेम्बरको दिन रणबीर कपूरको जन्मदिन थियो। सोही अवसरमा कट्रीनाले रणबीरको लागि सप्राइज बर्थ्डे पार्टी राख्ने निर्णय गरीन्। कट्रीना केफले फिल्म निर्देशक अयान मुखर्जीसँग मिलेर आफ्नै घरमा रणबीरको लागि सप्राइज बर्थ्डे पार्टी राखेकी थिन्। रणबीरलाई थाहानदिकन उनले घरमा बोलाइन्। बोलाएको समय भन्दा केही अगाडि रणबीर कट्रीनाको घरमा पुगेकाले कट्रीना आत्तिएर हतार हतारमा बर्थ्डे केकको लागि केन्डल बाल्ने क्रममा कट्रीनाको ‌औला जलेको बताइएको छ।
 कट्रीना केफले हालसालै  दिएको एउटा अन्तरर्वाताको क्रममा यो रहस्य खोलेकि हुन्न। जहाँ उनको हातको  औलामा पट्टी बाँधेको देखिएको थियो।

, ,

news and entertainment