किशोरीको मुख थुनेर सामुहिक बलात्कार

शौचालय जान राति बाहिर निस्केकी एक किशोरीमाथी सिराहामा सामुहिक बलात्कार भएको छ । सिराहा नवराजपुरमा १४ बर्षीया किशोरी माथी बलात्कार भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । शौचालय जान राति घरबाट निस्केकी किशोरीलाई नवराजपरका २२ वर्षीय राजिव भनिने प्रवीण मुखिया र १९ वर्षीय जितेन्द्र मुखियाले सामुहिक बलात्कार गरेका छन् । किशोरी सामुहिक बलात्कारमा परेपछि आफ्न्तले जिल्ला प्रहरी कार्यालयमा विहीबार उजुरी दिएका छन् ।

भारतको मधुवनी घर भइ दशैँमा दिदीको घर आएकी बालिकालाई २१ गते राती शौचालय जान बाहिर निस्केको बेला मुख थुनेर नजिकैको बगैचामा सामूहिक बलात्कार गरेको पीडित परिवारले दिएको किटानी जाहेरमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी रामकृपाल साहले आरोपितहरु फरार रहेको जनाए ।

,

news and entertainment