भारतको ईतिहासमा नै कंगाल प्रधानमन्त्री मोदी
तोयानाथ उपेक्षित, भारतीय प्रधानमन्त्री नरेन्द्रनाथ मोदी यतिवेला दुनियामा छाएका छन । तर उनी भारतको ईतिहासमा नै कंगाल प्रधानमन्त्री हुन । उनले धेरै पहिले एकाध लाखमा किनेको गान्धिनगरको एउटा सानो जमिनको टुक्राको मूल्य बढेर अहिले करिब डेढ करोडको भएको छ त्यही नै उनको श्रीसम्पती हो । यसो त नेपालमा पनि सन्त प्रम थिए कृष्ण प्रसाद भट्टराई । उनीसँग बीपीको पुरानो सिद्धान्त मात्र थियो आफ्नो भिजन केही थिएन । विपीको जन्मत्सोवमा भन्दा अरु बेला विपीको मार्गदर्शनलाई सम्झने चलन कांगे्रसीजनहरुमा नभएको कारण उनले विपीको सिद्धान्तलाई प्रयोग गर्न सकेनन सकुन पनि कसरी उनलाई उनकै पार्टीले एक बर्षमा नै सत्ताबाट झारयो । तर मोदी दुनियामा झनझन प्रभावशाली नेताका रुपमा उदाई रहेका छन । उनलाई अहिले नै साउथ एषियाले आफ्नो नेता मान्ने अवस्था बनिसकेको छ । उनले सत्तारोहणसँगै छिमेकी मुलुकप्रति देखाएको सदभाव र चासोले उनलाई यस क्षेत्रको नेता बनाउदै लगेको छ ।
सन २००२ मा गुजरातमा भएको एक धार्मिक दंगाको दोष उनीमाथि लगाउदै सन २००५ मा एक सम्मेलनका लागि पाँच दिने भ्रमणमा अमेरिका जान लागेका मोदीलाई उसले भिषा नदिने खबर पठाएको थियो । त्यसपछि मोदी अमेरिका गएनन र जाने ईच्छा पनि देखाएनन बरु अमेरिका नै झुक्यो र मोदीलाई अमेरिका आउन निम्ता दियो ।
कट्टर हिन्दुबादी पृष्ठभूमिबाट राजनितीमा आएका नरेन्द्र मोदी अहिले गुजराती मुशलमानहरुका पनि प्रिय नेता भएका छन । मानिस विकाश चाहान्छन राजनिती होईन । राजनिती त विकाशका लागि गरिने निती हो भन्ने कुराको दृष्टान्त बन्दै गएका मोदीले गुजरात मोडलमा भारतलाई विकाश गर्ने सपना देखेका छन ।
अच्युत कोईरालाद्धारा लिखित राजनितीका आधुनिक चाणक्य नामक पुस्तक पढे पछि यो स्तम्भकारले केही लेख्ने कोशिष मात्र गरेको हो । उनको जीवनीले मात्र मोदीलाइ समेटदैन तर त्यसलाई हरेक सचेत र बौद्धिक मानिसले पढनै पर्ने रहेछ । प्रवासमा मगाएर पुस्तक उपलब्ध गराउनु हुने नेपाली दुतावासकी श्रम सहचारीले सृजना तिवारी र पुस्तकको व्यवस्थापन गर्ने जनजाग्रिती समाज कुवेतलाई धन्यवाद ।
एउटा सामान्य परिवारमा जन्मिएको बालक कहिले जोगी हुने सपना देख्थ्यो कहिले सैनिक बनेर देशको सेवा गर्ने अभिलास लियो अन्तत ऊ संसारकै सवै भन्दा धेरै युवा भएको र विकाशको पथमा तिब्र गतिले अघि बढिरहेको मुलुकको प्रधानमन्त्री बन्यो । उही मोदी जसले आफूलाई मन्दिर, आश्रम र भजन किर्तनमा तल्लिन गराउदै सन्यासी र तपस्वी बन्ने अभ्यासबाट एकाएक राजनितीको मन्चमा कसरी चढयो ? जिवनी त्यति नै रोचक र प्रेरणादायी पनि रहेछ । साधु बन्न भनेर घरबाट निस्किएर दुई बर्ष बेपत्ता भएको किसोर एकाएक घरमा आउदा ति आमा लाई कस्तो भयो होला । अझ छोराको झोलामा के छ भनी आमाले हेर्दा एक जोर कपडा, कट्टु र सेन्ढो सँगै एउटा श्याम स्वेत आमाको फोटो देखे पछि ती बृद्धालाई कस्तो लाग्यो होला ? एकाएक आउछ र भोली पल्टै फेरी बाटो तताएर विस बर्ष घर फर्कन्न त्यो केटो । अपत्यारिलो सत्य तर मोदी निष्ठुरी भने होईनन । उनी ३६ बर्षको उमेरमा गुजराजको भुकम्पग्रस्त क्षेत्रमा ती पिडितहरुसँग मुख्य मन्त्रीको हैसीयतमा पुगेर तिन दिन सगै विताए । उनीहरुसँगै रोए र सरकारको तर्फबाट गर्न पर्ने सवै कोशिषहरु गरे । जसको कारण एकाध बर्षमा ध्वस्त भएको क्षेत्रको काचुली नै फेरियो । प्रशासनलाई शक्तिशाली तर जनमुखि बनाउने क्रममा मोदीले भनेका थिए पवित्र भावनाले काम गर्नुस विग्रिएको अपजस म लिन्छु । प्लेग रोगले ग्रस्त, भुकम्पले भताभुङ्ग,बाढी र खडेरीले अस्तव्यस्त मानिसको जीवनलाई सरल मात्र बनाएनन मोदीले गुजरातलाई भारतको नम्बर १ राज्य बनाई दिए १२ बर्ष भित्र ।
न त म घुस लिन्छु न त अरुलाई लिन दिन्छु मोदीले आफ्नो सरकारका मन्त्री र सरकारी उच्च पदस्त कर्मचारीहरुलाई निर्देषनको क्रममा भन्ने गर्दथे । मोदीको कडा अनुशासन र पारदर्शी नितिबाट उनका पार्टी भित्रैको ठुलो जमात लाभ विमुख भए पछि उनी विरुद्ध खनिएको थियो । कांग्रेस आई त विरोधी पार्टीको धर्मनुरुप चल्ने नै भयो यसै बीच मोदी माथि मुश्लिम ईतरको तुरुप त फालिएकै थियो । मोदीको विरुद्धमा पश्चिमा मिडिया पनि उसरी नै खनिएका थिए । उनी कट्टर हिन्दुबादी पृष्ठभूमिबाट आएको करण पनि मोदी पश्चिमा मिडियाको तारो बनेका थिए । खराब समाचारलाई सधै राम्रो समाचार ठान्ने प्रबृति नेपालको जस्तै प्रबृति त त्यहाँ पनि थियो नै तर मोदीले सवै प्रकारका अबरोधहरुलाई बोलेर नभई काम गरेर देखाउदै पन्छाउदै अघि बढे । सकरात्मक सोच राख्ने मोदी मान्छेका अवगुण होईन गुणहरु मात्र खोज्न सुझाव दिन्थे ।
उनले हाकेको प्रशासनसँग गोपनियता हुदैनथ्यो । मोदी गोपनियतालाई घटिया सोच भन्ने गर्दथे । राज्यको विकाशको सुचांक मापन गर्ने भनेकै त्यस देशको कर्मचारी तन्त्रमा काम गर्ने शैली, सरलता र छिटो छरितो कतिको छ भन्नेमा आधारित हुन्छ भन्ने उनको मान्यता थियो । उनी विकाशलाई आफ्नो जनआन्दोलन भन्ने गर्दथे ।
नरेन्द्र मोदीसँग दुइ राम्रा कुरालाई एक पत्रकारले व्याख्या गर्दै भनेका छन उनको नयाँ कुरा सिक्ने उत्कण्ठ अभिलासा र गर्छु भनेको काम गरेरै छाड्ने दृढ संकल्प । खराब शासन प्रणालीले मानिसको महत्वकांक्षालाई ध्वस्त पारिदिन्छ भनेर बुझेका मोदीले शासन होईन प्रशासन भन्ने नारालाई पनि लोकप्रिय बनाएका थिए । मोदी भिजन भएको र काममा सधै विस्वास गर्ने भएकाले हात्ति हिड्दैछ कुकुर भुक्दैछ को गतिमा अघि बढिरहे ।
मोदी सहकारी हुन । उनले खानपानमा हुने सरकारी भोज भतेरहरु सवै बन्द गराएका थिए । उनले कसैको पनि भव्य भोजन समारोहमा सहभागी हुन रुचाउदैनथे । खिचडी मन पराउने मोदीलाई एक दिन एक पत्रकारले सोधेका थिए किन खिचडी राम्रो लाग्छ । उनले भनेका थिए । यो कम मसलेदार हुन्छ र स्वास्थ्यका हिसावले राम्रो पनि छ । म रोगी भएर यो देशलाई भार बोकाउन चाहान्छ । नेता रोगी भएर देशको करोडौ रकम उपचारमा खर्च गर्ने गरेको पाईन्छ म यस्तो नहोस भनेर सधै सचेत छु । मोदीको यो भनाई नेपाल सन्दर्भमा पनि त्यति कै सटिक लाग्छ । हाम्रो देशमा त पार्टीका नेताहरु रोगी नहुदा पनि रोग निकालेर विदेश उपचारको बहानामा जान्छन र देशका करोडौको ढुकुटी रित्याएर आनन्दको स्वास लिन्छन ।
गुजरात यहाँ सम्म अघि बढयो जसलाई देखाएर नै मोदीले भाजपा लाई माथि उठाए र आफू प्रधानमन्त्री बने । बाहिर मोदीलाई हिन्दुधर्मको पक्षपाती भने जस्तो मोदी छैनन बरु उनले हिन्दु धर्मालम्बी भन्दा धेरै माया अन्य अल्पसंख्यक धर्मालम्बीहरुलाई गरेको देखिन्छ । उनले एक सन्र्दभमा साधिएको सवाल थियो तपाईले मुशलमानको लागि के गर्नु भयो ? उनको जवाफ थियो केही गरिन । मैले हिन्दुका लागि पनि केही गरिन अनि क्रिश्चियनका लागि पनि केही गरिन मैले जे जति गरे त्यो ५ करोड गुजरातीहरुका लागि गरे । बास्तवमा थिए मोदी त्यस्तै । शुरुमा मुसलमान विरोधीको रुपमा उभ्याईएका मोदी को पाटी मा ठुला ठुला मुसलमान नेताहरु आफै सामेल भए । कांग्रेसले नसोचेको अवस्था गुजरातमा भईदियो जहाँ मुसलमान बाहुल्य क्षेत्र छ त्यहाँ भाजपाले बढी सिट ल्यायो कांग्रेसको समार्नाक पराजय ।
गुजरातमा किसानहरुको माटोको नियमित जाँच हुने गर्दछ ।त्यसका लागि रिर्पोट कार्ड किसानले सित्तैमा पाउछन । प्राविधिक सहायता पनि । यसरी नै गुजरातमा २४ घण्टा विजुली र पानी आउने गर्दछ । गुजरातमा सँसारका ठुला ठुला उधोगहरु स्थापित छन । गुजरातमा जताजतै सडक र सुविधाहरु पुरयाईएका छन । सुसासनको अनुभूति भारतमा कही छ भने त्यो गुजरात नै हो । महिलाहरु रातको १ बजे पनि सपिङ गर्न र कतै स्वतन्त्रतापूर्वक हिडडुल गर्न सक्दछन । नरेन्द्र मोदीको मोडेल गुजरातको नारा भारतिय मोडेल बनाउने जिम्मेवारीका साथ नरेन्द्र मोदी केन्द्रीय सत्तामा छन । भरखरै मात्र अमेरिकाबाट फर्के लगत्तै उनले निर्मल र स्वच्छ भारतको अभियान शुरु गरेका छन ।
विदेशमा कामदार पठाउने सन्दर्भमा मोदीले भनेका छन हामीले कामदार पठाउनु पर्छ भने शिक्षक बनाएर पठाउ जसले अन्य देशमा पठाउदा भारतप्रतिको विधार्थीको धारणामा कस्तो प्रभाव छाडला ।
धेरैले पश्चिमा मिडयाको प्रचार अनुसार बुझेका मोदीलाई उनको जिवन पढेपछि मैले पनि बेग्लै ढंगले बुझे । मोदी महात्मागान्धी पछि का भारत निर्माता हुनेछन भन्ने मनमा लाग्यो । तपाई पनि पढ्नुस नरेन्द्र मोदीलाई ।