फ्रान्सको जितमा बेन्जेमाको उत्कृष्ट प्रदर्शन ;रोनाल्डो घाइते
स्टे डे फ्रान्समा भएको खेलको शुरुवातमा नै बेन्जेमाले फ्रान्सलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा उनकै मद्दतले पाउल पोग्बाले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । खेलको अन्त्यतीर रिकार्डो क्वारेज्माले पेनाल्टी मार्फत गोल फर्काए पनि त्यो सान्तवना गोलमात्र रहनपुग्यो ।
पर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो भने खेलको अन्त्यतिर घुँडामा आइसप्याक राख्दै बाहिरिएका थिए ।
रियल म्याड्रिडका स्टार रोनाल्डोले खेलमा खासै राम्रो प्रदर्शन गर्न सकिरहेका थिएनन् । उनले खेल अवधिभर एक मात्र उत्कृष्ट आक्रमण गरेका थिए ।
उनले गरेको हेडलाई गोलकिपरले बचाएका थिए ।
आयोजकका रुपमा फ्रान्स स्वतः युरो २०१६ का लागि छनौट भइसकेको छ भने पर्चुगल आफ्नो पहिलो खेलमा अल्बानियासँग पराजित भएको थियो ।