फिचर,
बलिउड
»
शल्यक्रियापछि रणबीर कपुरको बोली बन्द
शल्यक्रियापछि रणबीर कपुरको बोली बन्द
केहि दिन पहिलेदेखि घाँटीको समस्या झेलिरहेका बलिउडका चर्चित अभिनेता रणबीर कपुरको टन्सिलको शल्यक्रिया भएको छ ।
शल्यक्रिया पछि डाक्टरहरुको निर्देशन अनुसार उनले बोल्न छाडेका छन् । केहि दिनदेखि उनी घरमा नै बसेर आफ्नो स्वास्थ्य लाभ उठाइरहेका छन् । उनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन उनका आफन्त, साथीभाइ उनलाई घरमा नै भेट्ने गर्दछन् भने कोही साथीभाइलाई भेट्न उनी बाहिर पनि निस्कने गरेका छन् । शल्यक्रिया भइसकेपछि पनि उनले अनुष्कालाई महबुब स्टुडियोमा भेट्न गएका छन् तर उनले अनुष्कासँग केहि कुरा गरेनन् ।
डाक्टरहरुले उनको खानामा कटौती गर्दै उनलाई झोल पदार्थ मात्र खुवाउन परिवारलाई आग्रह गरेका छन् । (एजेन्सी)