महिलाको हत्या गर्ने धर्मभिरुलाई मृत्युदण्डको सजाय

 चीनमा एकजना महिलाको हत्या गरेको अभियोगमा दुईजना धर्मभिरुलाई मृत्युदण्डको सजाय सुनाइएको छ । घटनामा संलग्न अर्को एकजनालाई आजीवन काराबास र बाँकी दुईलाई १०/१० वर्षको जेल सजाय सुनाइएको छ ।


अभियुक्तहरुले गत मे मा शाङडोङ प्रान्तको म्याक्डोनाल्डस्को रेष्टुरेन्टमा काम गर्ने ३७ वर्षीया वु श्योयानलाई कुटिकुटी मारेका थिए । क्रिश्चियन समूदायका उनीहरुले आफ्नो समूहमा प्रवेश गराउन ती महिलाको फोन नम्बर मागेको तर उनले दिन नमानेपछि उनीमाथि आक्रमण गरेका थिए ।

सजाय पाउने एकजनाले वुलाई मरणाशन्न हुने गरी कुटेपछि कुल्चँदै हिर्काएको बताएका थिए । परमात्मासँग प्रत्यक्ष सम्पर्क रहेको बताउने ती धर्मभिरुमा चिनियाँ महिलाहरु अन्यायमा परेको भन्दै परमात्मा पृथ्वीमा फर्किएको विश्वास रहेको मानिन्छ ।

विश्वमा सबैभन्दा बढी मृत्युदण्डको सजाय दिने मुलुकमा पर्ने चीनमा पछिल्लो समय मृत्युदण्ड, पछि गएर आजीवन काराबासको सजायमा बद्लिने गरेको छ । (एजेन्सी)
imagekhabar.com

,

news and entertainment