बिदामा चर्पी सफागर्न मोदीको निर्देशन
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसै हप्ताको सरकारी विदाका समयमा आ आफ्ना कार्यालयका साथै चर्पी सफागर्न सबै सरकारी कर्मचारीलाई निर्देशन दिएका छन् ।
भारतीय प्रधानमनन्त्री नरेन्द्र मोदीले आगामी हप्ताको सार्वजनिक विदाको समयमा सबै सरकारी कार्यालय र तर्पी सफाई गर्न र निर्देशन दिएका हुन् ।
महात्मा गान्धीको जन्मदिनका अवसरमा आगामी हप्ता दिइएको सरकारी विदाको समयमा कार्यालय आई कार्यालयका साथै चर्पी समेत सफाई गर्न निर्देशन दिएका हुन् ।
यो अभियान देशव्यापी रुपमा गर्न लागिएको सरसफाई अभियानको सुरुवातकै रुपमा अघि बढाइने पनि बताइएको छ ।
भारतले यस अभियानलाई राष्ट्रिय सरसफाई अभियानको रुपमा मनाउने भएको छ । आगामी बिहीबारबाट सो अभियान सुरु गरिने भएको छ ।
उक्त अभियानको सुरुवात प्रधानमन्त्री मोदी स्वयंले आगामी बिहीबार गर्नसक्ने अनुमान गरिएको छ । उहाँले नयाँ दिल्लीको एक सडकबाट सो अभियान सुरु गरिने बताइएको छ ।
प्रधानमन्त्री गत मे महिनामा सत्तामा आएका हुन् । उनले कर्मचारीतन्त्रलाई बढीभन्दा बढी कामयवी बन्नका लागि बारम्बार निर्देशन दिइरहेका छन् ।
उनले समग्र कर्मचारीलाई हरेक दिन बिहान नौ बजे नै कार्यालय पुगिसक्न पनि पटक पटक निर्देशन दिइरहेका छन् ।
प्रधानमन्त्री मोदीले कर्मचारीलाई जनताको काम राम्रोसँग गर्न, उनीहरुको भावना बुझ्न तथा आचरणमा सुधार गर्न पनि आग्रह गरेका थिए ।
उनले उच्चपदस्थ कर्मचारीलाई आफ्ना मातहतका कार्यालयमा छड्के जाँच गर्न, अनियमित कर्मचारीमाथि कारबाही गर्न र सरकारी कर्मचारीलाई आ–आफ्ना कार्यालयलाई चुस्त दुरुस्त बनाउन पनि निर्देशन दिएका छन् ।
