आमसभामा भागदौड हुँदा सातको मृत्यु, ४० घाइते

 पाकिस्तानको मुल्शान सहरमा विपक्षी तहरिह ए इन्साफ पार्टीले आयोजना गरेको सभामा भागदौड मच्चिँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ । घटनामा ४० भन्दा बढी घाइते भएका छन् ।


पार्टीका नेता इमरान खानको सम्बोधन सकिएपछि रंगशाला बाहिर निस्कनेक्रममा मानिसहरुबीच भागदौड मच्चिएको थियो । इमरान खानले प्रशासनको असक्षमताका कारण भागदौड मच्चिएको आरोप लगाएका छन् ।

केही महिनायता इमरान खानको नेतृत्वमा पाकिस्तानका विभिन्न सहरहरुमा सरकार विरोधी र्‍याली र सभाहरु आयोजना भैरहेका छन् ।

गत वर्ष सम्पन्न चुनावमा प्रधानमन्त्री नवाज शरिफले धाँधली गरेर जितेकाले उनले राजीनामा दिनुपर्ने इमरानको माग छ । (एजेन्सी)

,

news and entertainment