सेक्सभन्दा महिलाहरुलाई मनपर्छ केक
डेली स्टारको रिपोर्ट अनुसार आफूलाई मन परेको केकका लागि महिलाहरु रक्सी पिउन र १३ प्रतिशत महिलाहरु मोबाइलको प्रयोग गर्न बन्द गर्ने गर्दछन् । यो अनुसन्धान २,२०० महिलाहरु बिच ‘नेशनल केक विक’ को दौरान गरिएको हो ।
उक्त सर्वेक्षणका निर्देशक कपलिंगका अनुसार मानिसहरु आजकाल केक देखेपछि नखाई बस्नै सक्दैनन् । उनी भन्छन्, ‘केक सबै मानिसहरुको मनपर्ने खानामा परेको छ ।’
उक्त सर्वेक्षणले निकालेको निष्कर्ष अनुसार आठमध्ये एक कर्मचारी आफ्नो बोसलाई खुसी बनाउनका लागि केक खुवाउन मनपराउँछन् । यस्तैमा ११ प्रतिशत पुरुषहरु आफ्नी प्रेमिकाको मन जित्नका लागि केक नै पहिलो रोजाई हुने बताउँछन् । (एजेन्सी)