संसारकै ठूलो अण्डा ५० हजार पाउण्डमा...
संसारकै सबैभन्दा ठूलो अण्डा ५० हजार पाउण्डमा विक्ने भएको छ । बेलायतमा रहेको यो अण्डा ५० हजार ब्रिटिस पाउण्डमा बिक्नेवाला रहेको बताइएको छ ।
'इलिफेन्ट बर्ड' नाम दिइएको एक चराको अण्डा करिब २०० साल पहिलेको भएको बताइएको छ । अफ्रिकाको माडागास्करमा मात्रै त्यो समयमा पाउने अण्डा विश्वमै अब यही एउटा मात्रै रहेको बताइएको छ । आकारमा पनि ठूलो अण्डा पार्ने 'इलिफेन्ट बर्ड' पनि लोप भइ सकेको छ ।
हालै बिक्रीमा रहेको यो अण्डा अष्ट्रिज चराको भन्दा ७ गुणा ठूलो, कुखुराको भन्दा १०० गुणा ठूलो र सबैभन्दा सानो चरा हमिङ्ग बर्डको भन्दा १२ हजार गुणा ठूलो रहेको बताइएको छ ।