कपिलवस्तुमा गोली हानाहान
सशस्त्र प्रहरी सुरक्षा बेस चौरीबाट खटिएका सुरक्षाकर्मी र हतियारधारी समूहबीच कपिलवस्तुको धनकौली गाविस-३ विजगौरी तौलिहवा सडकखण्डमा शुक्रबार बिहान गोली हानाहान भएको छ।
उनले भने,'पहिला उनीहरूले नै पेस्तोल पड्काएर भाग्न खोजे अनि हामीले पनि फायरिङ गर्यौं।' घटनामा सहभागी सशस्त्र प्रहरी निरीक्षक भिमनिधी खनालले भने,'हामीसँग सवारी साधन नहुँदा हतियारधारीको पिछा गरेर समाउन सकिएन, उनीहरूसगँ प्राइम बम पनि रहेछ, अलिकति अगाडी बम र हतियार पनि फेला पार्यौं।'
बम एवं हतियारधारी हतारमा मोटरसाइकल स्पिडमा भाग्दा उनीहरूको साथबाट सिमेन्टको बोरामा पड्काउन तयारी अवस्थामा रहेका तार जोडिएका दुईवटा सकेट बम र एक पेस्तोल तथा दुई थान गोली फेला परेका छन्। घटनास्थलमा कुनै पक्ष पनि घाइते भने भएका छैनन्। मधेस समुदायका जस्ता देखिने ती बम एवं पेस्तोलधारी ती व्यक्ति तस्करीमा संलग्न देखिएको सुरक्षा अधिकारीले आंशका गरेका छन्।
तस्कर सकुशल पश्चिमतर्फ फरार भएको स्रोतले बतायो। घटनास्थलमा रहेको दुईवटा बमलाई निश्किृय पारिएको छ। गोरु सिंगेस्थित नेपाली सेनाको गणबाट खटिएका बम डिस्पोजल टोलीका क्यापटेन दिपक वस्नेतको कमाण्डले बम निस्क्रीय पारेको प्रहरी उपरीक्षक विक्रम गुरुङले बताए। घटनाबारे गम्भीर ढंगले नेपाल प्रहरी, ससस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका अधिकारीले छुटाछुटै रुपमा अनुसन्धान थालेका छन्।
annapurnapost.com