बढ्यो साइबर क्राइम/ नियन्त्रण गर्न प्रहरीसँग उच्चस्तरीय प्रविधिको अभाव
आफूसँग ७ वर्षसम्म प्रेम गरेको र अर्केसँग बिवाह गर्न लागेको भन्दै नुवाकोटका रामप्रसाद सापकोटाले धादिङ एक युवतीलाई फेसुबक र मोवाइलमा अश्लिल गाली गरे । ज्यानै मार्ने धम्की समेत दिए । बालाजुमा डेरा गरी बस्ने ती युवतीले प्रहरीसमक्ष उजुरी गरिन् । प्रहरीले रामप्रसादलाई पक्राउ गर्यो । जेलको छिंडीमा २५ रात विताएपछि ५० हजार धरौटीमा उनी बल्ल रिहा भए ।
२५ हजार रुपैयाँ धरौटीमा उनी रिहा भईन । ललितपुरको लुभु घर भइ अष्ट्रेलियामा बस्ने आकृति श्रेष्ठको विराटनगरका सविन महर्जनसँग फेसुबकबाटै प्रेम बस्यो । दिन दिनै च्याटमार्फत कुराकानी हुन थाल्यो, तस्बिरहरु आदान प्रदान भए । झन्डै १ वर्षपछि सबिनले आकृति तस्बिरलाई तोडमोड गरी अश्लिल बनाए अनि ब्याकमेलिङ गर्न थाले । आकृतिको अभिभावकले प्रहरीमा उजुरी हालेपछि सबिनलाई प्रहरीले मोरङबाट पक्राउ गऱ्यो । अदालतबाट २ वर्ष कैद सजाँय र ९ लाख ५० हजार धरौटी मागेपछि उनले बुझाउन सकेनन । उनी अहिले झन्डै ८ महिनादेखि जेलमा छन् ।
माथिका घटना त उदाहरण मात्र हुन् । यस्तै प्रकृतिका घटनाहरुको प्रहरीसँग धेरै छ । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा हनुमानढोकाले छुट्टै सेल गठन गरी साइबर क्राइमका मुद्धाहरु हेर्ने गरेको छ ।
प्रविधिका विकासका साथसाथै पछिल्लो समय साइबर क्राइम बढेको बताउनुहुन्छ महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्की । पछिल्लो समय नेपालमा साइबर क्राइमका घटनामा दोब्बर बृद्धि भएको छ । साइबर क्राइममा पक्राउ पर्नेमध्ये सबैभन्दा बढी सामाजिक संजाल दुरुपयोग गर्नेहरु छन् । अघिल्लो वर्ष प्रहरीकहाँ साइबर क्राइम सम्बन्धी ५८ वटा उजुरी परेको थियो । त्यसभन्दा अघिका २ आर्थिक बर्षमा ३२ र १२ वटा उजुरी परेका थिए । प्रहरीकहाँ इमेलबाट ८, ह्रयाकिङसँग सम्बन्धित ३ वटा पनि उजुरी परेका थिए ।
उजुरी परेका ५८ मध्ये ४० वटाको छिनोफानो भइसकेको छ । फेसबुकमा जो पायो त्यसलाई साथी बनाउने, सामाजिक संजाल चलाउँदा सुरक्षा सावधानी नअपनाउँदा यस्ता घटनाले प्रश्रय पाइरहेको एसएसपी कार्कीको दाबी छ । नेपालमा २०६३ सालदेखि साइबर क्राइम सम्बन्धि कानुन बनेको हो । विद्युतीय ऐन २०६३ ले साइबर क्राइम गरेको ठहर भए कम्तीमा २ वर्ष देखि ५ वषसम्म कैद र २ लाखसम्म जरिवाना हुने प्रावधान छ । तर घटनाको प्रकृति हेरि सँजायलाई बढाउन सकिनेछ ।
नेपालमा साइबर क्राइम बलियो छ, तर अनुसन्धानका लागि प्रहरीसँग उच्चस्तरीय प्रविधि छैन । साइबर क्राइम हेर्ने सेल अहिले काठमाडौं र पर्सामा मात्रै छ । प्रत्येक जिल्लामा साइबर क्राइम हेर्ने सेल गठन गर्न प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयको ध्यानाकर्षण गराइसकेको छ तर, मन्त्रालयले कुनै ध्यान दिएको छैन ।
सबै जिल्लामा यस्ता घटनाको पनि उजुरी सुन्ने निकाय भए पीडकलाइ कारबाही र पीडितले न्याय पाउने निश्चित छ ।

