जापानमा ‘वेष्ट फरेन टिचर’ अवार्डद्वारा नेपाली सम्मानित
जापानमा विभिन्न समयमा नेपालीहरु सम्मानिता हुँदै आएका छन् । जापानमा संघर्षरत नेपालीहरु आफ्नो सहास र क्षमताको कारण सम्मानित हुँदै आएका छन् ।
खोटाङमा जन्मेका भुवन रोक्काले जापानको सेइहा अंग्रेजी एकेडेमी नेटवर्कको ५ सय ब्रान्चमा अध्यापन गराउने अंग्रेजी शिक्षक मध्ये कान्तो एरियाका १५० मध्येबाट सर्बोकृष्टमा चुनिदै एवार्ड हात पारेका हुन् ।
सन् १९८५ मा स्थापना भएको सेइहा अंग्रेजी एकेडेमी नेटवर्कको ५ सय ब्रान्चमा ५० हजार भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन्, जहाँ अष्ट्रेलिया, अमेरिका, इंग्ल्याण्ड, न्यूजिल्याण्ड लगायत मुलुकका अंग्रेजी भाषी प्राध्यापकसंगै केही नेपाली प्राध्यापकहरुले पनि अंग्रेजी विषय अध्ययन गराउँछन् ।
२०५६ साल देखि काठमाडौंमा रहेर विभिन्न विद्यालयमा अध्ययापन गराउँदै आएका रोक्का एम एड अध्ययन सकेर काठमाडौं नयाँ बानेश्वर स्थित अरुणदीप सेकेण्डरी स्कुल र माउण्ट सेनाई सेकेण्डरी स्कुलका संस्थापक प्रिन्सिपल समेत हुन् ।
अध्ययापन कै क्रममा उनी संस्थागत विद्यालय शिक्षक युनियनको काठमाडौं जिल्लाका उपाध्यक्ष र नेशनल प्याब्सन काठमाडौंका सदस्य समेत भएका थिए ।
गाइजिनपोर्ट डटकम मार्फत आवेदन दिएर प्रतिस्पर्धाबाट छनौंट भइ सेइहा अंग्रेजी एकेडेमी नेटवर्कमा अध्यापन गराउन सुरु गरेका रोक्का सन् २०११ मा विद्यार्थी भिषामा जापान प्रवेश गरेका थिए ।
अन्य विद्यार्थीको जस्तै जापान प्रवेशसँगै संघर्षपूर्ण जीवन विताएका रोक्काले भाषा स्कुलको सहयोग र आफ्नै आत्मविश्वासका कारण सेइहामा अध्यापन गराउने अवसर पाएको बताए ।
जापानमा अंग्रेजी विषय अध्यापन गराउने उदेश्य लिएर विभिन्न विद्यालयमा अन्तर्वाता दिन पुगे पनि छनौटमा नपरेपछि निरास बनेर फर्किएको समेत स्मरण गरे ।