आजको फोटो,
फिचर
»
५० करोड गुमाएर छाडिदिए ज्ञानेन्द्रले, दुव्र्यसनिले एक्लिए पारस,जेल चलानसँगै आर्थिक संकट
५० करोड गुमाएर छाडिदिए ज्ञानेन्द्रले, दुव्र्यसनिले एक्लिए पारस,जेल चलानसँगै आर्थिक संकट
हुन त यी फरक फरक तश्वीरले पनि उनका बारे धेरै कुरा बोल्न सक्छन् ।

उनको विगत सन्तोषजनक र आशावादी थिएन । राजकीय प्रतिष्ठा र शाशकीय साँठगाँठका कारण कहिल्यै खर्चको अभाव पनि देखिएन । इज्यत र प्रतिष्ठाकै निम्ति पूर्व राजा ज्ञानेन्द्रले उनको खर्चमा धेरै कुरा गुमाए । तर समय बदलियो सबै प्रतिष्ठा र शाशकिय साँठगाँठ भताभूङ्ग भयो । यो अवस्था लम्दिै जाँदा पूर्व यूवराज पारशको जीवनमा धेरै उतार चढाव आएसँगै उनी फेरि पक्राउ परे । उनी पक्राउ पर्नुको मुख्य कारण चरेशको व्यापार हो । तर यो पक्राउ काण्ड वा उनको हातमा हत्कडी नौलो होइन । यस अघि ४ पटक यही काण्डमा पक्राउ परेका उनको यो पाँचौं पटकको पक्राउ हो । कहिले नक्कली पैसाको कारोवार त कहिले गाँजा र चरेशको व्यापार उनका लागि दैनिकि जस्तै बनेको छ । तर धेरैलाई थाहा नभएको एउटा कुरा उनी अहिले पनि पैसाको अभावमा छन् । लागु पदार्थ शेवन अर्थात दुरव्यसनिका कारण पारश शाहलाई विभिन्न कामहरु गर्न बाध्य पारेको छ । उनका लागि करिव ५० करोड बढी रकम ज्ञानेन्द्र शाहले यस अघि खर्च गरीसकेका छन् । विदेशका विभिन्न सुधारकार्यमा समेत सहभागि गराइएका उनलाई सुधार गर्न नसकेपछि हार खाएर उनका बुबा ज्ञानेन्द्रले छोराको माया मारेका हुन् । ज्ञानेन्द्र मात्रै होइन पारश शाहकै श्रीमतिले पनि पारशलाई यही कारण माया गर्दीनन् । यस अर्थ एक्लो जीवन विताउँदै आएका पारशले हङ्कङ र थाइल्याण्डमा आफ्नो बासस्थान बनाउँदै आएका छन् । थाइ नागरिक एक महिलाको सहयोगले उनी त्यहाँ बस्दै आएका थिए । तर उनको व्यबहार, उनको दुव्यसनिको पक्ष आदीका कारण ती महिला अर्थात उनकी प्रेमिकाले वास्ता गर्न छाडेकी हुन् । त्यसो त केही समय थाइल्याण्डको च्यान्चाइ स्थित सुधार केन्द्रमा रहेका पूर्व युवराज पारससँग उक्त केन्द्रले प्रतिमहिना डेढ लाख रुपैयाँ शुल्क लिने गरेको थियो । तर विचैमा पारशले त्यहाँ छोडेर बसे ।