सिके राउतलाई मानसिक यातना र दुई घण्टासम्म बयान
डा. सीके राउतलाई विषेश अदालत काठमाडौंमा उपस्थित गराई राज्य विप्लवसहितको जन्म कैदसम्मको सजायको माग प्रशासनले गरेको दोस्रो दिन बिहीबार फेरि बयान लिएको थियो ।
तर, उनको बिग्रिदो स्वास्थ्य स्थितिका बावजुद हनुमानढोकामा हिरासतमा राखि सोधपुछको नाममा प्रहरीले विभिन्न यातना दिइरहेको डा. सीके राउत बचाउ संघर्ष समितिले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
विशेष अदालत काठमाडौंमा २ घण्टासम्म चलेको बयानको क्रममा पनि डा. राउतको स्वास्थस्थिति ठीक नरहेको जानकारी डा. विनय पंजियारले दिए ।
यसरी हिरासतमा राउतलाई मानसिक यातना दिएकोमा संघर्ष समितिले प्रशासनको यस्तो रवैयालाई धोर भत्सर्ना गरेको छ र साथै मानव अधिकारवादी संघ संस्था, कुटनीतिक नियोग, नागरिक समाज र संचार जगतलाई यस मानव अधिकारको हननप्रति ध्यानाकर्षण गराएको छ । संघर्ष समितिले मधेशका २२ वटै जिल्लाहरुमा संगठनको विस्तार र विरोधका पूर्व घोषित कार्यक्रमहरुलाई निरन्तरता दिँदैं विरोधका थप नयाँ कार्यक्रमहरु गर्न जनाइएको छ ।
www.ratopati.com