मलाला र कैलाशलाई नोबल शान्ति पुरस्कार

 एजेन्सी ।

यसवर्षको नोवेल शान्ति पुरस्कार पाकिस्तानका मलाला युसुफजई र भारतका कैलाश सत्यार्थीलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । मलाला पाकिस्तानमा बालिका शिक्षा तथा सत्यार्थी भारतमा बालअधिकारको अभियान अघि बढाउन क्रियाशिल छन् । मलाला सबै भन्दा कम १७ वर्षको उमेरमा नोवेल पुरस्कार पाउने किशोरी समेत बनेकी छन् । पाकिस्तानको आदिवासी क्षेत्रमा बालिका शिक्षाको अभियानका लागि क्रियाशिल रहेका बेला मलालालाई विद्रोहीले टाउकोमा गोली समेत प्रहार गरेका थिए । यता भारतका ६० वर्षिय सत्यार्थी बाल श्रम विरुद्धको अभियानमा संलग्न छन् । नोवेल एकेडेमीले नोवेल शान्ति पुरस्कारका लागि दुबैको नाम घोषणा गर्दै उनीहरुले बालबालिका तथा युवाहरुका लागि गरेको संघर्षको प्रशंसा समेत गरेको छ ।

,

news and entertainment