नेपाल भारत सीमा अतिक्रमण रोक्न सहमत


दुई देशका प्रशासनिक र सुरक्षा अधिकारीको आज भीमदत्तनगरमा बसेको संयुक्त बैठकले द्विदेशीय सीमा व्यवस्थित बनाउन दशगजा अतिक्रमण हुन नदिने सहमति गरिएको हो । दक्षिणी क्षेत्रका रामपुरविलासपुर, लक्ष्मी र बेल्डाँडीको झिलमिलामा दशगजा अतिक्रणको समस्या देखिएको छ।झिलमिला र लक्ष्मीपुरमा भारतीयले दशगजामा अतिक्रमण गरी आवाद गरेका छन् ।

प्रहरी उपरीक्षक विश्वनिरञ्जन प्रधानले सीमा क्षेत्रमा हुने लागुऔषध ओसारपसार, मानव बेचबिखन, लुटपाट, शारदा ब्यारेज र आसन्न सार्क सम्मेलनका लागि सीमा क्षेत्रमा सुरक्षा व्यवस्था चुस्त बनाउने विषयमा दुवै देशका अधिकारीले सहमति जनाएको बताउनुभयो ।

बैठकमा नेपाली टोलीको नेतृत्व कञ्चनपुरका प्रमुख अधिकारी कृष्णचन्द्र घिमिरेले र भारतीय टोलीको नेतृत्व चम्पावत जिल्लाका एसपी दिलीपसिंह कुँवरले गर्नुभएको थियो।

, ,

news and entertainment