धामीले आगोले डाम्दा महिला सख्त घाइते
उदयपुर जिल्लाको जोगिदह गाविस–६ का एक बिरामी महिलालाई गएराति धामीले उपचार गर्ने क्रममा आगोले डाम्दा ती महिला सख्त घाइते भएकी छिन् ।
जोगिदह गाविस–६ बस्ने ३२ वर्षीया अञ्जना कार्कीलाई स्थानीय ७२ वर्षीय धामी इन्द्रबहादुर परियारले उपचार गर्ने क्रममा आगोले शरीरको दुवै गालामा डामेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक डिल्ली चौहानले बताए ।
परियारले तातो फलामले कार्कीको दुवै गालामा पटक–पटक डामेपछि कार्की घाइते भएर उल्टै झनै बिरामी भएपछि स्थानीयले धामीलाई पक्राउ गर्न प्रहरीमा खबर गरेका थिए ।
गएराति नै प्रहरीले धामीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखेर अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।
www.ratopati.com
