अक्षर नै देखिँदैन नागरिक बडापत्र भएपछि सेवाग्राही हैरान
जिल्लाका सरकारी कार्यालयमा राखिएका नागरिक बडापत्रमा लेखिएका अक्षहरुको आकार बुझ्नै नसकिने साना भएपछि सेवाग्राही हैरान भएका छन् ।
अर्घाखाँचीको अवस्था पनि उस्तै : अर्घाखाँचीको जिल्ला प्रशासन कार्यालय अगाडी राखिएको नागरिक वडापत्रमा सानो अक्षर भएकाले लेखिएको नै बुझिदैन । फाइल फोटो
जिल्लास्थित कार्यालयहरुका बडापत्रको अवस्थाबारे निगरानी गर्ने निकाय जिल्ला प्रशासन कार्यालयकै नागरिक बडापत्र स्पष्ट रुपमा पढ्ने सक्ने अवस्था छैन ।
प्रशासन कार्यालयको नागरिक बडापत्र व्यवस्थित गरेको एक वर्ष नबित्दै स्पष्ट पढ्न मिल्ने खालको नभएको भन्दै गुनासो बढ्न थालेको कार्यालयकै एक कर्मचारीले बताए ।
उनका अनुसार सम्भवतः जिल्लाका सम्पूर्ण कार्यालयहरुमध्ये पढ्नै नमिल्ने खालका साना अक्षर भएको बडापत्र प्रशासन कार्यालयको मात्रै नभएर अधिकांशको अवस्था यस्तै भएको खबर आजको राजधानी दैनिकले छापेको छ ।