मादक पदार्थ सेवन गरेर विद्यालय आउने शिक्षकलाई सेवाबाट हटाइने


  विभिन्न जिल्लाका विद्यालयले मादक पदार्थ सेवन गर्ने शिक्षकलाई कारबाही गरिरहेका बेला सोलुखुम्बुको बुङस्थित खिरौले निम्नमाध्यमिक विद्यालयमा कुनै पनि शिक्षक, अभिभावक तथा विद्यार्थीले मादक पदार्थ सेवन गरी विद्यालय हाताभित्र प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ ।
विद्यालय व्यवस्थापन समितिले मादक पदार्थ सेवन गरी आउने शिक्षक तथा अन्य जोकोहीलाई पनि कडा कारबाही गरिने जनाएको छ । शिक्षकहरुको हकमा मादक पदार्थ सेवन गरी विद्यालयमा आएमा पहिलो पटक पाँच सय रुपैयाँ जरिवाना गर्ने र दोस्रो पटक पनि सोही कार्य दोहोर्याएमा सेवाबाटै हटाउने निर्णय गरेको छ ।
त्यस्तै अभिभावकका लागि पहिलो पटक पाँच सय रुपैयाँ जरिवाना गर्ने तथा त्यसपछि पनि दोहोर्‍याएमा दोब्बर रकम लिने विद्यालयका शिक्षक नवराज थापाले बताए । त्यस्तै विद्यार्थीहरु पनि मादक पदार्थ सेवन गरी आएको पाइएमा कडा कारबाही गरिने भएको छ ।आजको गोरखापत्रका खबर छ ।


news and entertainment