अब फेसबुकबारे तपाईको प्रश्नको उत्तर जुकरबर्गले दिने



काठमाडौं, कात्तिक १५ - फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई केही प्रश्न सोध्न चाहनुहुन्छ ? यदी चाहनुहुन्छ भने फेसबुकले तपाईंको यो चाहना पुरा गरिदिने भएको छ ।
आउँदो कात्तिक २० गते बिहीबारका दिन जुकरबर्गले फेसबुक प्रयोगकर्तासँग प्रश्नोत्तर गर्ने भएका छन् । जुगरबर्गलाई प्रश्न भने अहिले नै उनको यो पेजमा गएर राख्न सकिन्छ  । तर त्यसको उत्तर भने कात्तिक २० गते मात्र पाइने छ ।
उनको पेजमा राखिएका प्रश्न मध्ये सवैभन्दा धेरै लाइक भोट पाउने प्रश्नको उत्तर दिन प्राथमिकता दिने जुकरबर्गले बताएका छन् । जुकरबर्गले प्रश्नोत्तरका लागि आधाघन्टाको समय छु्ट्याएको र त्यो समयमा उनले धेरै भन्दा धेरै प्रश्नको उत्तर दिने उनको पेजमा उल्लेख छ ।


http://ujyaaloonline.com

,

news and entertainment