खेल सकिएपछि जुमानु राईले कुटे दर्शक : कुटपिट पछि खेल मैदानमा तनाव
विराटनगर, मंसिर १०– नेपाली राष्ट्रिय टोलीका भरपर्दा खेलाडी तथा तथा नेपाल पुलिस क्लवका कप्तान जुमानु राईले दर्शक कुटेको छन् ।
मोरङको पथरीमा जारी पथरी गोल्डकप अन्तर्गत आज भएको सेमिफाइनल खेलमा झापा ११ सँग १–०ले पराजित भएपछि जुमानुले दर्शक कुटेका हुन्।
जुमानुका समर्थक किशोर पराजुलीले जुमानुले राम्रो खेल्छ भनेर खेल हेर्न आएको तर नराम्रो खेलेको भनेपछि आक्रोत्रित जुमानुले उनलाई कुटेको बताइएको छ ।
जुमानुले उनलाई कुटपछि खेल मैदानमा केही बेर तनाव समेत भएको थियो । एजेन्सी
