स्टार स्ट्राइकर नेमारले प्रेमिकाकालागि विमानै पठाए





 । ब्राजिलका स्टार स्ट्राइकर नेमार जुनियरले आफ्नी प्रेमिका सोराजा भुसेलिकलाई बार्सिलोनामा बोलाउँदा ठुलै चर्चा भएको छ ।
नेमारले सर्बियाली प्रेमिका सोराजालाई आफ्नै निजी हवाइजहाजमा सवार गराउँदै बार्सिलोना बोलाएपछि स्पेनिस मिडियामा चर्चा पाएको हो ।
नेमारले सोराजाको टिकट रद्द गरी आफ्नो निजी विमान पठाएका थिए ।
नेमारको निजी विमानमा सवार सोराजाले नेमारको जर्सी लगाएको फोटो सावजनिक गरेकी छन् ।
फोटोमा विमानको सिटमा एक्लै बसेको देखिएको छ । गत वर्ष मात्रै उनीहरुका बीचमा सम्बन्ध गाँसिएको थियो । आजको नयाँ पत्रिकामा समाचार छ ।

www.nepalsandesh.com

, ,

news and entertainment