कट्रिनालाई बहिनी सिंगार्ने जिम्मा, रणविरलाई भने निम्तो छैन


दबंग नायक सलमान खानले बहिनी अर्पिताको बिहेमा पूर्व प्रेमिका कैट्रिना कैफलाई बेहुली सिगार्ने जिम्मा दिएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीदेखि बोलचाल बन्द भएका शाहरुख खानलाई समेत सलमानले बहिनीको बिहेको निम्तो दिएका थिए। तर, कैट्रिनाका अहिलेका प्रेमी रणवीर कपुरलाई भने सलमानले निम्तो नै नदिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
केही अघिसम्म मिल्ने साथी रहेका सलमानले रणवीरलाई घडी उपहार दिएका थिए। पछि उनीहरुको सम्बन्धमा तिक्तता बढेको छ। कैट्रिनाकै कारण दुई नायकको सम्बन्ध चिसो भएको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन। 
सलमान खानकी बहिनी अर्पिता खानको मंगलबार आयुस शर्मासँग हैदरावादमा बिहे हुँदैछ।

, ,

news and entertainment