तीनजना महिलाले बन्दुक तेर्साउँदै पुरुषमाथि गरे सामुहिक बलात्कार

                   

जोहान्सवर्ग– पुरुषहरुबाट महिला बलाकृत भएको घटना हामीले धेरै सुनेका र पढेका छौँ । पुरुषहरु पनि महिलाहरुबाट बलात्कृत भएको घटना यदाकदा सुन्नमा आउँछ । यस्तो घटनाले सबैलाई अचम्मित बनाएको हुन्छ । हो, यस्तै अचम्मको घटना भएको छ दक्षिण अफ्रिकामा पनि ।

एक तीस वर्षीय युवकले आफूलाई तीनजना महिलाले बन्दुक तेर्साएर बलात्कार गरेको आरोप लगाउँदै निवेदन दिएका छन् ।

उनका अनुसार कारमा आइरहेका तीनजना महिलाले होटल स्याभोईको लेकेसन सोधे । उनीहरुलाई होटल जाने बाटोको बारेमा जानकारी दिँदै गर्दा कारभित्रबाट एकजना महिलाले उनले भनेको केहि पनि नबुझेका कारण उनलाई कारभित्र नै बस्न लगाई होटल देखाइदिन आग्रह गरे । कारमा बसिसकेपछि कार पार्कमा लगेर उनलाई कपडा फुकाल्न निर्देशन दिइयो ।

त्यसपछि उनीहरुले पालैपालो उनलाई बलात्कार गरेको आरोप लगाएका छन् । एकले बलात्कार गरिरहँदा अर्को महिलाले उनलाई बन्दुक देखाएको उनले पुलिसलाई बताएका छन् ।

पिडित पुरुषका अनुसार ती महिलाहरु २० देखि ३० उमेर समुहका देखिन्थे । बलात्कार गरिसकेपछि मेन रिज रोडमा पुराइदिएपछि आफू त्यहाँबाट हिँडेर घर पुगी पुलिसलाई सो घटनाको बारेमा जानकारी गराएको उनले बताएका छन् । घटनापछि आफूले निकै सास्ती सहनुपरेको उक्त पुरुषको आरोप छ । शंका लागेर उनले आफ्नो एचआइभी टेस्टसमेत गराएका छन् । (एजेन्सी)

http://edailynewsnepal.blogspot.com

, ,

news and entertainment