आत्महत्या गर्न मन नलाग्ने खालको स्प्रे बनाउन २७ करोड नेपाली रूपैया प्रदान !!


अमेरिकी आर्मीले इन्डियाना विश्वविद्यालयका मेडिसिन विभागका वैज्ञानिकहरूलाई आत्महत्या गर्न मन नलाग्ने खालको स्प्रे बनाउन करिब २७ करोड नेपाली रूपैया (३ मिलियन डलर) प्रदान गरेको छ ।
अमेरिकामा आत्महत्या गर्ने सैनिकहरुको संख्या बढ्दै गएपछि चिन्तित बनेको अमेरिकी सैनिक मुख्यालयले इन्डियाना विश्वविद्यालयका वैज्ञानिहरूलाई आत्महत्याको विरोधी बनाउन सक्ने खालको
स्प्रेको निर्माणका लागी उक्त ठुलो रकम दिएको बताइएको छ । उक्त रकम अमेरिकी सैनिक मुख्यालयले एनाटोमी, सेल बायोलोजी तथा न्यूरोबायोलोजीका प्राध्यापक माइकल कुबेकलाई दिएको छ । कुबेकले अहिले थाइरोट्रोपिन-रिलिजिङ-हर्मोन को बारेमा अध्ययन गरिरहेको बताइएको छ । थाइरोट्रोपिन-रिलिजिङ-हर्मोन भन्नाले मानव मष्तिष्कमा पाइने एक केमिकल जसले मानिसमा तनाव र आत्महत्याको सोचलाई कम गर्न सक्छ । यदी यो केमिकललाई सक्रिय बनाउन सक्ने हो भने मानिसमा तनाव र आत्महत्याको सोचमा कमी आउने बताइएको छ ।
तर कुबेकका अनुसार अमेरिकी सैनिले चाहेजस्तो औषधी इन्जेक्सन या खाएर लिन नमिल्ने बताएका छन् । उनले उक्त औषधीलाई स्प्रेको रूपमा प्रयोग गरिनुपर्ने बताएका छन् । उनले यस्तो स्प्रेको निर्माण गर्नुपर्ने बताएका छन् जसले नियमित रूपमा आवश्यक मात्रामा मात्र औषधी मष्तिष्कसम्म पुर्याउन सकोस् ।

,

news and entertainment