कपाल सुन्दर र रा स्वास्थ्यराख्नका लागि दस परिकार

कपाल सुन्दर राख्ने चाहना सबैको हुन्छ । अझ महिलाहरुमा कपालको सुन्दरताले निकै ठूलो अर्थ राख्छ । तर कपाल सुख्खा, खैरो, चायाँयुक्त तथा कमजोर हुने र झर्ने समस्या धेरैको हुन्छ । सधै सैलनुमा गएर धेरै खर्च गरेर कपाललाई सुन्दर राख्ने औकात सबैको नहुनसक्छ । हुनत कपालको सुन्दरताका लागि सरसफाइ जत्ति महत्वपूर्ण हुन्छ त्यसभन्दा बढि महत्वपूर्ण भूमिका व्यक्तिे गर्ने भोजनले खेलेको हुन्छ ।
सन्तुलित भोजनको अभाव, भिटामिन बी को कमी, अत्यधिक तनाव तथा चिन्ता, विभिन्न खाले रोग जस्तै टाइफाइड, रक्तअल्पता तथा विभिन्न खाले वंशाणुगत रोगका कारण पनि कपाल र्झन सक्छ । त्यसैले कपाल किन कुरुप बनिरहेको छ र झर्ने गरेको छ ? भन्ने कुराको कारण पहिले पत्ता लगाउनुस् । जे मा कमजोरी पाउनुभएको छ, सोही पक्षलाई सुधार गर्नुहोस् । कपाललाई सुन्दर बनाउनका लागि देहाएका खानेकुराको नियमित सेवन निकै महत्वपूर्ण हुन्छ ः
बिहान खाली पेटमा एक गिलास पानी सँगै आलस चपाएर खानुहोस् । यसले सरीरमा ओमेगा थ्री फ्याट्टी एसिडको सरीरमा आपूर्ति गर्छ जसले कपालको वृद्धि तथा सुन्दरतामा सहयोग पूराउँछ ।
दिनहुँ कम्तीमा एउटा अमला चपाएर खानुहोस् ।
हरेक बेलुकी कम्तीमा ५ वटा बदाम पानीसँग खानुहोस् ।
प्रसस्त पानी पिउनुहोस् । दिनमा कम्तीमा १० गिलास पानी पिउनुपर्छ । नरिवलको पानी पिउनाले पनि कपालको स्वास्थ्यमा लाभ मिल्छ ।
टुसा उमि्रएका गेडागुडी खाने गर्नुहोस् ।
सरीरमा प्रोटिनको कमी हुन नदिन मासु खानेहरुले माछा, मासु तथा अण्डाको नियमित सेवन गर्नु राम्रो हुन्छ ।
बढि चिया तथा कफी नपिउनुहोस् ।
दुध, दही तथा मही प्रसस्त पिउने गर्नुहोस् ।
बेलुकी पानीमा मेथी भिजाउनुहोस् । अर्को विहान मेथी छानेर बाँकी रहेको पानी पिउने गर्नुहोस् ।
हरियो सागपात तथा फलफूलको नियमित सेवनले कपालसँगै सम्पूर्ण स्वास्थ्यलाई राम्रो राख्छ ।
रेड मिट अर्थात् बोसोयुक्त रातो मासुको सेवन नगर्नुहोस् ।

,

news and entertainment