फिचर,
समाचार
»
दिनदहाडै एसविआइ बैंक लुटियो : बैंकका गार्ड गोली लागेर घाइते
दिनदहाडै एसविआइ बैंक लुटियो : बैंकका गार्ड गोली लागेर घाइते
२ मङ्गसिर, गौर । रौतहटको चन्द्रपुर १ मा रहेको एसविआइ बैंकमा दिन दाहाडै लुटपाट भएको छ । मोटरसाइकलमा आएका लुटेराहरुले बैंकबाट करिव २० लाख रुपैंया लुटेका हुन् । लुटेरासँग प्रतिकार गर्दा बैंकका गार्ड गोली लागेर घाइते भएका छ्न् । लुटेरले बैंकका गार्डलाई खुट्टामा गोली हानेका थिए । २ मोटरसाइकलमा आएका लुटेराहरुले १ मोटरसाइकल बैंकमै छोडेका छन् । प्रहरीले लुटपाटबारे अनुसन्धान भैरहेको जनाएको छ ।
nepaliheadlines.com/2014-11-18-07-56-32.html#sthash.xIY4chXN.dpuf