ह्वेल माछाको ढाडमा फसे एक युवक
पश्चिमी अस्ट्रेलियामा सेवा पुर्याउँदै आएको सर्फ लाइफ सेभिङ्ग पश्चिमी अस्ट्रेलियाले एक युवकको ज्यान बचाएका छ । युवक डुङ्गाबाट शनिबार नै खसेको तर डुङ्गा भेट्टाउन नसकेपछि मरेको ह्वेल माछाको ढाडमा चढेका हुन् । ढाडमा चढेर पनि उनलाई ज्यानको खतरो नभएको भने होइन । मरेको ह्वेललाई खान सार्कमाछा हरुले बारम्बार आक्रमण गरेपछि उनको ज्यान झन खतरामा परेको हो । सर्फ लाइफ सेभिङ्गको समुहले हेलिकप्टरबाट मरेको ह्वेल देखेपछि ह्वेलको नजिक पुग्दा त्रसित युवकलाई देखेर उनको उद्धार गरिएको हो ।
