प्रधानमन्त्रीको टोपी ५ पटक खस्यो

मंगलबार तमु ल्होछार मनाइएको छ । तमु ल्होसार गुरुङ जातिहरुको महान् चाड हो। गुरुङ समुदायका वेशभूषा तथा पहिचान झल्कने गरी टुंडिखेलमा भव्य कार्यक्रम गरियो । जहाँ प्रधानमन्त्री सुशील कोइराला पनि सहभागी थिए ।



रमझम र रमाइलोमा बोलाइएका प्रधानमन्त्री कोइरालालाई भने समारोहमा लगाइदिएको पगरी अर्थात टोपीले आपत पार्‍यो । प्रधानमन्त्रीले जनजातिको भेषभुषा लगाउँदा यसै पनि असहज मानिरहेका थिए त्यसमाथि त्यो ठूलो पगरी भने उनलाई सम्हाल्नै गाह्रो पर्‍यो ।

समारोह चलिरहँदा प्रधानमन्त्रीलाई भने त्यही टोपी सम्हाल्न हैरान परिरहेको थियो । कतिबेला चस्मा झारिदिने त कतिबेला आँखा नै छोपिदिने । प्रधानमन्त्रीलाई टोपीले साँच्चिकै तनाव दियो ।



कम्तिमा पनि ५ पटक टोपी खस्यो र उनलाई अरुलाई त्यो लगाइदिन सघाउनु पर्‍यो ।
गुरुङ समुदायले नयाँ वर्षका रूपमा ल्होछार पर्वलाई प्रत्येक वर्षको पुस १५ मा मनाउने गर्दछन् ।


एजेन्सी

,

news and entertainment