लालपुर्जा धितो राखेर गाउँले आफैले बनाए मोटर बाटो


पर्वतको बाँसखर्क गाविसका बासिन्दाले जग्गा धितोमा राखेर सहकारी संस्थाबाट ऋण निकाली गाउँसम्म मोटरबाटो पुर्‍याएका छन् ।

सुन्तला उत्पादनमा प्रसिद्ध बाँसखर्कका किसानले सुन्तला बिक्रीका लागि छोटो बाटो बनाउने उद्देश्यले पर्वतकै माझफाँटको बगर गौरेटे हुँदै बाँसखर्क जोड्ने चार किलोमिटर ग्रामिण सडक निर्माण गरेको अन्नपूर्ण पोस्टमा खबर छ ।




सडक निर्माणपछि डेढ घन्टाको बाटो ३० मिनेटमा छोटिएको छ । बागर गरौटेदेखि बाँसखर्क सम्मको बाटो निर्माणका लागि सरकारले १२ लाख, स्थानीयको नौ लाख नौ हजार तीन सय ५० र ६ लाख रुपैयाँ ऋण गरी २७ लाख रुपैयाँ लगानी भएको छ ।

सरकार र स्थानीय निकायको अनुदानबाहेक म्यादीको बेनीस्थित सहकारी संस्थामा घरजग्गा धितो राखेर ऋण लिएको समितिका सचिव पुण्य खत्रीले बताए ।

news and entertainment