नयाँ वर्ष मनाउने क्रममा ३५ जनाको मृत्यु , ४२ जना गम्भिर घाइते



चीनमा नयाँ वर्ष मनाउन आयोजिक कार्यक्रमको भिडमा च्यापीएर ३५ जनाको मृत्यु भएको छ ।



नयाँ वर्ष मनाउने क्रममा आयोजित एक महोत्सवमा भएको भाग दौडमा परि ३५ जनाले ज्यान गुमाएका हुन् ।




सांघाईको हुआग्युमा भएको घटनामा सयौं सर्वसाधारण घाइते भएका छन् भने ४२ जना गम्भिर घाइते भएका छन् ।



नदी किनारामा रहेको चेन्यी स्क्वायरमा आयोजित कार्यक्रममा एक्कासी भएको भागदौडका क्रममा ३५ जनाको ज्यान जानुका साथै सयौ सर्वसाधारण घाइते भएका हुन् ।



प्रहरीले घटनाको छानबिन गरिरहे पनि कारण भने पत्ता लगाउन सकेको छैन ।



नयाँ वर्ष सन् २०१५ कोअवसरमा आयोजित उक्त महोत्सवमा लाखौंको सहभागिता रहेको जनाइएको छ ।

,

news and entertainment