कुकुर मरेपछि पूरै वस्तीमा रुवावासी


भारतको अहमदावादस्थित एक वस्तीमा बस्दै आएको कुकुर मरेपछि पूरैवस्ती शोकमग्न भएको छ।
 
त्यो कुकुरको नाम सोनु थियो। १८ वर्षदेखि त्यो वस्तीमा बस्दै आएको कुकुरको मृत्यु भएपछि स्थानीयले पूरै विधिवत रुपमा अन्त्यष्टी गरेका थिए। कुकुर मरेपछि सबै टोलवासीहरू भेला भएर रुवावासी गरेका थिए।
 
स्थानीयवासीले पूरै १८ वर्षसम्म वस्तीको रेखदेख गरेको कुकुर मर्दा आफूहरू धेरै दुःखी भएको बताए। उनीहरू कुकुरको शबमाथि फूलमाला, तथा अविर चढाएर श्रद्धाञ्जली दिएका थिए। 
 
उनीहरू भन्छन् ‘यो कुकुरलाई हामी सबै वस्तीवालाहरू प्रेम गथ्र्यौ, यसले रातदिन नभनेर वस्तीको रेखदेख गरेको थियो।

,

news and entertainment