दिनमा ५४ लिटर दुध दिने गाई ,जसले वर्षमा चार लाख भारू कमाउँछ

भारतको अमृतसरमा एक गाईले दिनमा तीन पटक १८ लिटरका दरले दुध दिन्छ। अमृतसरमा भएको पशु मेलामा राखिएको सो गाई आगन्तुकका लागि आकर्षणको केन्द्र बनेको छ। यो एचएफ क्रस नस्लको गाई हो।



गाईका मालिक हरविन्दर सिंहले भारतीय नस्लका गाईलाई नै विकास गरी यस्तो गाई बनाइएको बताए। उनले गाईको दुध बेचेर बार्षिक ४ लाख भारु कमाउने गरेको पनि बताए।

पशुपालन विभाग डा.हरविन्दर सिंह सिन्धेका अनुसार विभागले यो नस्लका गाई देशका अरु भागमा पनि फैलाउने योजना बनाएको छ। एजेन्सी

,

news and entertainment