पुरुषहरुले आफूभन्दा ठूलो उमेरका महिलालाई किन मनपराउँछन् ?
पुरुषहरुले आफूभन्दा ठूला उमेरका मानिसहरुलाई मन पराएको देख्नुभएको होला तर के तपाईंलाई थाहा छ उनीहरुले किन आफूभन्दा ठूलो उमेरका महिलालाई मनपराउँछन् ? यदि पुरुषहरुलाई यसको बारेमा प्रश्न गरियो भने उनीहरुले यसको थुप्रै कारणहरु बताउन सक्छन् ।
धेरै मानिसहरुलाई यस्तो लाग्छ कि जो महिलाहरुको उमेर बढि हुन्छ, उनीहरुको कुरा गर्ने तरिकामा निकै राम्रो
त्यसकारण अब उप्रान्त यदि तपाईंले कोही कम उमेरको पुरुषसँग बढि उमेरकी महिला देख्नुभयो भने अचम्म नमान्नुहोस् बरु यसको पछाडिको कारणहरुको बारेमा जान्न खोज्नुहोस् ।
१. उनीहरु परिपक्क हुने गर्दछन्ः
थुप्रै सम्बन्धहरु सानो–सानो कुरामा टुट्ने गर्दछ । तर बढि उमेरका महिलाहरु समझदार हुने भएकाले उनीहरुमा धेरै कुरा बुझ्न सक्ने क्षमता हुने गर्दछ ।
२. यस्ता महिलाहरु धेरै आकर्षक हुने गर्दछन्ः
पुरुषहरुको भनाई अनुसार उनीहरुमा पक्कै पनि केहि विशेष गुण हुन्छ जसका कारण उनीहरु हेर्दा निकै आकर्षक देखिन्छन् ।
३. उनीहरु धेरै अनुभवी हुने गर्दछन्ः
कम उमेरका महिलाहरुभन्दा उनीहरुमा धेरै अनुभव हुने भएका कारण पुरुषलाई र उनको परिवारलाई हुने हानी–नोक्सानी र सफलताको बारेमा उनलाई थुप्रै ज्ञान हुने गर्दछ ।
३. स्वतन्त्र हुने गर्दछन्ः
स्वतन्त्रता कुनै पनि महिलाको एउटा महत्वपूर्ण विशेषता हो । यदि कुनै पनि महिला स्वतन्त्र छिन् भन्ने कुरा थाहा भएको खण्डमा उनीप्रति कुनै पनि पुरुष निकै सजिलै आकर्षित हुने गर्दछ ।
४. कुराकानीमा परिपक्कताः
उमेरदार महिलाहरुसँग तपाईं विवेकशील कुरा गर्न सक्नुहुन्छ । उनीहरुलाई कोसँग के बोल्ने र कसरी बोल्ने भन्ने तरिका राम्रोसँग थाहा हुने गर्दछ । उनीहरुले आफ्नो जिवनमा धेरै कुराहरुको सामना गर्नुपरेका कारण परिपक्क महिलाहरुमा थुप्रै कुराहरुको ज्ञान हुने गर्दछ ।
५. बेडमा हुन्छ धेरै अनुभवः
परिपक्क महिलाको बेडको अनुभवले पुरुषहरुलाई आकर्षित गर्ने एक प्रमुख कारण मान्न सकिन्छ ।
