एक अर्कालाई हेर्दै सञ्जय दत्तका बाबु छोराछोरी धरधरी रोए..(तस्विर सहित)

केहि दिनका लागि जेलबाट बाहिर निस्किएका बलिउड नायक सञ्जय दत्तलाई पुन जेल फर्कन निकै सकस भयो। श्रीमती र खासगरी छोरीका कारण उनी रुदै जेल फर्किएका छन्।


सन् २०१३ मे मा अवैध हातहतियार सहित पक्राउ भएका बलिउड अभिनेता सञ्जय दत्त सन् २०१४ डिसेम्बर २४ मा आफ्नी पत्नी मान्यताको स्वास्थ्य स्थिति खराब भएकोले १४ दिन जमानतमा जेलबाहिर निस्केका थिए।






यसै अवधिमा दत्तले आफ्नो स्वास्थ्य स्थिति खराब भएको भन्दै जमानतको अवधि बढाउन अदालतसँग माग गरेका थिए। तर स्थानीय प्रहरी स्टेशनदेखि "सकारात्मक" रिपोर्ट नदेखिएको कारणले अदालतले सञ्जय दत्तको यो माग अस्वीकार गरेको थियो।



यसै क्रममा सन् २०१५ जनवरी १०, शनिवारको दिन पुणे जेल फर्किँदै गरेका सञ्जय दत्त आफ्नो परिवारसँग छुट्टिनु पर्दा धेरै दुःखी देखिए ।उनी छोरीलाई अंगालो हालेर रोएका थिए र उनी सानी छोरी पनि बाबुसंग छुट्टिन पर्दा रोएकी थिइन ।



बलिउड अभिनेता सञ्जय दत्त आफ्नो पाँच वर्षको जेल सजायको बाँकी अवधि पुरा गर्न शनिवार पुणे जेल फर्किएका हुन्।

,

news and entertainment