पानी जहाजको पहिलो नेपाली पाइलट बने कैलाश


सिड्नी।अध्ययनको शिलशिलामा अस्ट्रेलिया अएका पाल्पाका कैलाश पाण्डे पानी जहाजको पहिलो नेपाली पाइलट बन्न सफल भएका छन् ।पानी जहाज पाइलट विषयमा स्नाकोत्तर गरि उनी पानी जहाजको क्याप्टेन बन्न सफल भएका हुन् ।


उनी अहिले सिडनी हार्वर हाउसबाट विभिन्न सामुद्रिक यात्रामा छुट्ने साना वा ठूला जहाजहरूका कमान्डर छन् । उनले सात हजार घण्टा सम्मको सफलतापूर्वक पानीजहाज चलाइसकेका छन् । पाल्पाका कैलाश अस्ट्रेलियामा भने ब्राम पाण्डेको नामले चिनिन्छन् ।
अन्तरदेशीय तथा अन्तर्रास्टिय जहाज चलाऊन हरेक दिन ब्यस्त रहने उनी जल, थल र हवाइ सबै खाले सवारीको चालक बन्ने तयारी गरिरहेको बताउँछन्। उद्दार हेलीकोप्टर समेतको पाइलट बन्ने तयारीमा रहेका पाण्डे आफू स्टिवर्ड पदबाट यो पेशामा प्रवेश गरेको र कम्पनीकै खर्चमा अध्ययन समाप्त गरि यो उचाइमा पुगेको बताउँछन। ३१वर्षका पाण्डे ७ वर्षअघि अस्ट्रेलियामा अध्ययनका लागि आइपुगेका थिए ।

news and entertainment