यी मानिस जो पैसामै खेल्छन्, पैसामै सुत्छन् र पैसाले नै नुहाउछन् (फोटो फिचर)



एजेन्सी । एक जना यस्ता मानिस भेटिएका छन्, जसको कमाई यति धेरै छ कि उनले त्यो केमा खर्च गर्छन भन्ने कुरा उनैलाई पनि थाहा छैन ।





पैट्रे कै्रट नामका यी मानिस रोमानियाका हुन् । बडीबिल्डर बन्नका लागि उनी बेलायत आएका थिए । उनका अनुसार रोमानियामा रहँदा उनको आर्थिक अवस्था निकै कठिन थियो ।
बेलायतमा आएर बडीबिल्डर बने र नामी मान्छेहरुको बडीगार्ड बनेपछि उनी यतिधेरै पैसा कमाउन सफल भएका हुन् । पैट्रेले हालै एक भिडियो बनाएका छन्, जहाँ उनी पैसाका साथमा खेलिरहेका थिए ।
अहिले उनी आँफै बडीगार्ड लिएर अपार्टमेन्टमा मस्ती गर्छन । उनले यसरी पैसासँग खेलेको देखेपछि केही मान्छेले खुसी व्यक्त गरेका छन् भने केही उनको पागलपन देखेर छक्क परेका छन् ।

news and entertainment