पीकेको कमाईले नयाँ इतिहास रच्यो
एजेन्सी
विभिन्न धार्मिक संगठनहरुको विरोधका बाबजुत आमिर खान अभिनित फिल्म पीकेले बलिउडमा अहिलेसम्म सबैभन्दा बढी कमाउने फिल्ममा आफ्नो नाम राख्न सफल भएको छ ।
राजकुमार हिरानीद्धारा निर्देशित फिल्मले भारतमा मात्र २७८.५२ करोड संकलन गर्न सफल भएको छ ।
यसअगाडी आमिर खान नै अभिनित फिल्म धुम ३ ले भारतमा सर्वाधिक कमाउने फिल्मको सूचीमा थियो ।
उक्त फिल्मले भारतमा २७१.८२ करोड र सलमान खानको किकले २४४ करोड र शाहरुख खानको चेन्नई एक्सप्रेसले २२८ करोड संकलन गर्न सकेको द् हिन्दू ले आफ्नो अनलाइन संस्करणमा जनाएको छ ।
के आमिरले तीन सय करोड क्लब सेट गर्छन् ?
बलिउडका एक सय करोड क्लब र २ सय करोड क्लब बनाउने आमिर खानले के अब तीन सय करोड क्लबको नयाँ नयाँ किर्तिमान तयार गर्छन्, बलिउड वृत्तमा एउटा चर्चा चलेको छ ।
मुम्बईमा रहेका एक बजार विश्लेषक ट्विट गर्छन्, पीकेले आइतबार बेलुकासम्म ३ सय करोड कमाउने पक्कापक्की छ ।
