सहसचिव र उपसचिवले काजकिरिया पाँच दिन मात्रै गर्ने रे !

 निजामती सेवामा सहसचिव र उपसचिव रहेका दुई दाजुभाइले आफ्ना बुबाको काजकिरिया पाँच दिन मात्र गर्ने भएका छन्।

परराष्ट्र मन्त्रालयका सहसचिव तारा पोखरेल र उनका दाजु सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी चण्डेश्वर पोखरेलले बुधबार साँझ निधन भएका बुबा बज्रमोहनको काजकिरिया पाँच दिनमै सक्ने निधो गरेका छन् ।


उपयपुर तावाश्रीका बज्रमोहनका दुई छोरीसमेत बुबाको किरिया गर्ने दिन घटाउन सहमत छन्।

बज्रमोहनका ज्वाइँ सुकदेव न्यौपानेले शुक्रबार भने ‘आज तेस्रो दिन प्रथम षोडसी सकियो।’


उनका अनुसार चौथो दिनमा एघारौँ दिनमा गर्ने मध्यम षोडसी र पाँचौ दिनमा बाहौ् दिनमा गर्ने गर्ने शुद्धशान्ति गर्ने काम हुनेछ।

बज्रमोहनकी आफन्ती इन्दिरा दाहालले पाँच दिनमै काजकिरिया सक्ने बुझेपछि सन्तानले आफ्नो काम पाँच दिनभ्नदा बढी गर्नु आवश्यक नभएको बताएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

,

news and entertainment