फिचर
»
नेपाली नर्स बनिन् अन्तराष्ट्रिय मोडल (फोटो फिचरसहित)
नेपाली नर्स बनिन् अन्तराष्ट्रिय मोडल (फोटो फिचरसहित)
काठमाडौं- नेपालकी एक नर्स अन्तराष्ट्रिय मोडल बनेकी छिन् । काठमाडौं सिनामगंलकी २२ वर्षिया आस्था पोखरेल पुस ७ गते सम्पन्न भएको ‘किङफिसर सुपरमोडल्स–२’ मा विजयी भएपछि अन्तराष्ट्रिय मोडल बन्न सफल भएकी हुन् । भारतको मुम्बईमा भारतीय टेलिभिजन च्यानल एनडिटिभी गुड टाइम्सले सञ्चालन गरेको मोडलहरुको रियालिटी शोको उपाधि जितेसँगै उनी अन्तराष्ट्रिय स्तरमै चर्चित भएकी छिन् ।
शान्तिनगरस्थित बेबीलोन नेसनल स्कुलबाट विद्यालय शिक्षा सकेकी आस्थाले नर्सिङ विषयमा ब्याचलर तह अध्ययन गरेकी हुन् । नर्सिङको पढाइ सके लगत्तै मोडलिङतिर लागेकी उनी किङफिसर सुपरमोडल बन्न सफल भएकी हुन् । ५ फिट साढे ९ इन्च उचाई भएकी आस्था सुपरमोडल बनेसँगै उनि किङफिसरको वर्ष २०१५ को क्यालेन्डरमा समेत आउने भएकी छिन् ।