सेक्सका लागि महिला र पुरुष कस्ले बढी खर्च गर्छ?
बेलायतमा सेक्स व्यवहारका विषयमा गरिएको एक अध्ययनमा ११ प्रतिशत बेलायती पुरुष पैसा दिएर सेक्स किन्ने गरेको खुलासा भएको छ। यसका लागि अधिकांश बेलायती पुरुष बैंकक र एम्सटर्डमजस्ता स्थान घुम्न जाने गर्दछन् ।
सेक्स्युअल्ली ट्रान्समिटेड इनफेक्शन्स नामक म्यागजिनले यो रिपोर्ट प्रकाशन गरेको हो । जसका अनुसार उनीहरुले पैसा दिएर सेक्स गरे, त्यो आनन्द पाउन र खतरनाक किसिमको काममा समावेश छ । उनीहरुमा ड्रग्स लिने बानीसमेत रहेको पाइयो ।
रिपोर्टको सबैभन्दा महत्वपूर्ण पक्ष यसअघि एक्लै बस्ने पाका नागरिक बढी पैसा दिएर यौन किन्ने मानिँदै आएको थियो । तर अब प्रोफेशनल युवक पनि यसरी सेक्सका लागि पैसा खर्च गर्ने गरेको देखिएको छ
।
सर्भेमा ६१०८ पुरुषमध्ये ३.८ प्रतिशतले आफूले विगत पाँच वर्षमा र १.१ प्रतिशतले गत वर्ष मात्र यसरी पैसा तिरेर यौन सम्बन्ध बनाएको बताए ।जुन पुरुषले पैसा तिरेर यौन सम्बन्ध कायम गरे, उनीहरुका पार्टनरका औषतः अन्य पुरुषको तुलनामा दुई गुना छ अर्थात १४को तुलनामा ३२ ।
पैसा दिएर सेक्स गर्ने कामको सुरुवात अधिकांश पुरुषले २५ देखि ३५ वर्षको उमेरमा गरेका थिए । यस्ताहरुमा अधिकांश सिंगल छन् । एजेन्सी
