साना किसानलाई सरकारले अमेरिकाबाट बाख्रा ल्यायो, एउटाको मुल्य २ लाख
२९ पुस, काठमाडौँ ।
गाई र भैंसी पाल्न नसक्ने साना किसानलाई वितरण गर्न भन्दै सरकारले अमेरिकाबाट बोका र पाठी आयात गरेको छ ।
प्रत्येकको दुई हजार डलर (दुई लाख रुपैयाँ) तिरेर २० बोका र ३० पार्टी भित्र्याइएको हो । तिनीहरुलाई १८ पुसमा नेपाल ल्याइएको छ ।
कृषि विकास मन्त्रालयका प्रवक्ता डा. उदय ठाकुरले अमेरिकाबाट एउटाको दुई हजार डलर तिरेर २० बोका र ३० पाठी आयात गरिएको र तिनीहरुलाई चिकित्सकको निगरानीमा खुमलटारस्थित कृषि अनुसन्धान परिषद् (नार्क)मा राखिएको छ
अमेरिकी बोका तथा पाठीलाई नेपालको हावापानी अनुसार हुर्कन सिकाउने उद्देश्यले चिकित्सकको निगरानीमा राखिएको हो ।
अमेरिकाबाट ल्याइएका सानत जातका बाख्रा हुन् ।
यिनीहरुले एकै बेतमा नौ सयदेखि एक हजार ६ सय लिटरसम्म दूध दिने नयाँ पत्रिकामा खबर छ ।
