२००० भन्दा बढी महिला, वालवालिका र वृद्ध-वृद्धाको विभत्स हत्या







 नाइजेरियामा सशस्त्र संघर्ष गरिरहेको समूह बोको हरामले अहिले सम्म २००० भन्दा बढी महिला, वालवालिका र वृद्ध-वृद्धाको हत्या गरेका तथ्य बाहिर आएको छ ।


अघिल्लो साता चाडसँगको सीमा जोडिएको बागा क्षेत्रमा मारिएका उनीहरु मध्ये अधिकाँशको शव त्यही सडिरहेको समेत अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।


यसरी हत्या गरिनेमा अधिकाँश बढी महिला, वालवालिका र वृद्ध-वृद्धा रहेको बताइएको छ ।

नाइजेरिया सरकारका प्रवक्ता माइक ओमेरीले अहिले पनि सो क्षेत्रमा संघर्ष चलिरहेको बताएका छन् । स्थानीय गाउँलेहरुले विभत्स अवस्थाका कारण शव कति संख्यामा छन् भनेर गन्न पनि छोडेको अधिकारीहरुले बताएका छन् ।


त्यतिबेला घाइते भएकाहरु समेत त्यसै छुटेका कारण अहिले मरेको हुन सक्ने उनीहरुको भनाइ छ । एम्नेष्टी इन्टरनेशनलले पनि उक्त आक्रमणमा २००० भन्दा बढी मारिएको हुन सक्ने बताएको छ ।

,

news and entertainment