हामीलाई सिध्याउन खोज्नेलाई सिध्याइन्छः विप्लव
मसाल बालेर सम्मेलनको उद्घाटन
January 2015
ओपेन्द्र बस्नेत
दाङ, पुस २३ – नवगठित नकेपा माओवादिका संयोजक नेत्रविक्रम चन्द विप्लवले चारैतिरबाट घेराहालेर माओवादीलाई सिध्याउने खेल भएको बताएका छन् । यदि जनताको अधिकारको मुल्य, राष्ट्रिय स्वाधिनताको मुल्य, नेपाली १० बर्षको क्रान्तिको मुल्य युद्ध नै हो भने आफुहरु युद्ध गर्न तयार रहेको उनले बताए ।
षड्यन्त्रपूर्ण तरिकाले माओवादीलाई सिध्याउन खोजेको हो भने उनीहरु पनि सिद्धिने उनले बताए । आजदेखि दाङको तुलसीपुरमा सुरु भएको पार्टीको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले राज्यबाट, मानवअधिकारबाट, विभिन्न संघसंस्थाको नामबाट माओवादीलाई सिध्याउने नाटक मञ्चन भइरहेको बताए ।
यो देशमा परिवर्तन ल्याउने, गणतन्त्र ल्याउने, माओवादीलाई विभिन्न बाहानामा अपराधिको कट्घरामा उभ्याएर राज्यसत्ता कब्जा गर्न खोज्ने नेपाली कांग्रेस त्यो मानसीकताबाट बाहिर आउनु पर्ने उनले बताए । यदी षड्यन्त्रपूर्वक तरिकाले सिध्याउने हो भने आफुहरुले पनि उनीहरुलाई सिध्याइदिने चेतावनी दिए ।
हामी कहा“ अझै सामान्तबादी, बलात्कारी, हत्यारा लगाएतको फाइल सुरक्षीत रहेको भन्दै आफुविरुद्ध लागे फायलका आधारमा अघि बढेर नामेट पार्ने चेतावनी दिए । कथित मानवअधिकारका नाममा किर्ते प्रतिवेदन तयार पारेर बेनी घटनालाई उल्टाउन खोजेको भन्दै संयोजक विप्लवले उति बेला आफु कस्मिरमा भएको भन्दै फसाउने षड्यन्त्र गरेको बताए । उनले यस्तो हर्कत नरोकीए अर्को वेनी काण्डको जन्म हुने बताए ।
‘हामी शान्तिका लागि तयार भएर आएका थियौं । तर पूँजीपति दलालहरुले माओवादीले कि त आफना प्रस्तावहरु छोड्नुप¥यो कि त फेरी युद्ध गर्न सक्नु प¥यो भनेर चुनौती दिएका छन्,’ उनले भने ।
अधुरो काम आफ्नो जिम्मा
उनले वर्तमान अबस्थामा माओवादी एक हुने समेत उनले दाबी गरे । देशलाई यो अवस्थालाई यहाँसम्म ल्याइ पु¥याउने अग्रज नेताहरुलाई धन्यवाद दिँदै बांकी काम छोडेकाले त्यो कामको जिम्मेवारी आफुहरुले लिने बताए ।
माओवादीको नाममा कमाएर आलीसान महलमा बस्नेहरुलाई झुप्रामा र शहरमा बस्नेहरुरुलाई गाउमा ल्याउने र सबै जनतलाई बराबर गराउने आफनो चाहान भएको उनको भनाई छ । आजदेखि सुरु भएको भएको राष्ट्रिय भेला २६ गते सम्म सञ्चालन हुनेछ ।
तस्विरः ननस्टप खबर
