आन्दोलनमा खटिने प्रहरीलाई अब दैनिक ४ सय भत्ता

मुलुकको राजनीतिक अवस्थामा आएको उतारचढावलाई ध्यान दिएर  आन्दाेलनका क्रममा खटिने सुरक्षाकर्मीलाई दैनिक भत्ता बढाइने भएको छ ।राजधानी दैनिकमा समाचार छ ।

सार्क सिखर सम्मेलनका क्रममा खटिएका प्रहरीलाई दैनिक २ सय ५० रुपैयाँ भत्ता दिएकोप्रति नेपाल प्रहरीले असन्तुष्टि जनाएपछि अबदेखि आन्दोलनमा खटिने प्रहरीलाई दैनिक ४ सय भत्ता दिइने भएको हो ।
प्रकाशित मिति: बिहीबार, पौष २४, २०७१ ०६:५४:११

,

news and entertainment